काठमाडौं, ११ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ९आइतबार बेलुका० देशभर साधारणतया बदली (आकाशभरि बादल) छ। अनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।राति पनि मौसम देशभर साधारणतया बदली रहनेछ।
यस क्रममा राति कोसी प्रदेशलगायत देशका पहाड भेगका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्