काठमाडौं, १२ साउन । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज हजारौँ भक्तजन बोलबम यात्राका लागि काठमाडौँको सुन्दरीजलमा जम्मा भएका छन्।प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारमा रहेको सुन्दरीजल पुग्ने भक्तजनले नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् र त्यहीँबाट जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार यात्रा गर्छन्।यस वर्षको बोल बम यात्राको आयोजना बोलबम कार्यिया सङ्घ र सनातन युवा मञ्च नेपालले संयुक्त रूपमा गरेका हुन्। सुन्दरीजल प्रहरी प्रभागका अनुसार आजको यात्रामा १० हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको छ।
भक्तजनहरूको सहजताका लागि सुरक्षा व्यवस्थापन तथा आवश्यक सेवा सुविधा प्रदान गरिएको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ । यसैबिच, पशुपति क्षेत्र विकास कोषले साउन सोमबारको विशेष भीडलाई मध्यनजर गर्दै आज बिहान तीन बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको जानकारी दिएको छ।
साउनको सोमबार हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने दिन मानिन्छ। यस अवसरमा श्रद्धालुहरू भगवान् शिवको आराधना गर्दै बोल बम यात्रा गर्छन्।













प्रतिक्रिया दिनुहोस्