जनता टाइम्स

१२ श्रावण २०८२, सोमबार २१:१५

सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरा पुगेर होटलमा बसेको भेटियो


काठमाडौं, १२ साउन।  सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ ।

उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

उहाँका अनुसार तीनवटा कोठा लिएर उनीहरू बसेका थिए । १५/१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पनि उनीहरू पोखराको उक्त होटलमा आएर बसेको पुष्टि गर्नुभयो । ‘हो, उहाँहरू आएर बसेको भन्ने थाहा भयो, शनिबार आएर बसेको र आइतबार नै चेकआउट गरेर हिँडेको भन्ने सूचना प्राप्त भएको छ’, उहाँका अनुसार, थप बुझ्ने काम भइरहेको छ ।