काठमाडौँ, १३ साउन । नाइजेरियामा अपहरणकारीले फिरौती लिएपछि गरे ३८ बन्धकको हत्या
काठमाडौं । नाइजेरियामा अपहरणकारीले कम्तीमा ३८ जनालाई अपहरण गरी हत्या गरेका छन् । रिहाइका लागि फिरौती बुझाइसकिएको उनीहरूको हत्या गरिएको हो ।
गत मार्चमा उत्तरी जाम्फारा राज्यको बंगा गाउँबाट ५६ जनालाई अपहरण गरिएको थियो । नाइजेरियाली मिडियाको रिपोर्टअनुसार बन्दुकधारीहरूले अपहरणपछि प्रतिव्यक्ति दस लाख नाइरा (६५५ डलर) फिरौती मागेका थिए ।
स्थानीय सरकारका अध्यक्ष मन्निरु हैदरा कौराले मृत्यु भएकाहरूमध्ये अधिकांश युवा रहेको र उनीहरूलाई ‘भेडाहरूजस्तै काटिएको’ बताए ।
हैदराले भने, “अपहरणकर्ताहरूले फिरौती रकम मागे र केही समयको कुराकानीपछि उक्त रकम दिइयो । त्यसपछि उनीहरूले शनिबार १७ जना महिला र एकजना युवकसहित १८ जनालाई रिहा गरे ।”
शनिबार रिहा गरिएकामध्ये १६ जना अस्पतालमा उपचाररत रहेका छन् । हत्या गरिएका ३८ जनाको शव फिर्ता हुने सम्भावना नरहेको बताइएको छ । बीबीसी













प्रतिक्रिया दिनुहोस्