जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार ०७:२९

मध्यराति गुण्डागर्दीमा संलग्न चक्रे मिलनसहित अन्य व्यक्तिहरुलाई पक्राउ


काठमाडौं, १६ साउन ।  प्रहरीले विहीबार मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ गर्नका लागि प्रहरीले रातभर ठमेल र महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएको थियो ।
चक्रे मिलनको ‘बर्थडे पाटी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए । सो अप्रेसनबाट ठूलो संख्यामा गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको एक अधिकारीले जानकारी दिनुभएको छ । ती अधिकारीले भन्नुभयो, ‘गुण्डागर्दीमा संलग्न थुप्रै व्यत्ति mहरुलाई पक्राउ गरिएको छ र उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।’