काठमाडौँ, १७ साउन । साउनमा पनि सुख्खाग्रस्त मधेसमा पछिल्लो २४ घण्टामा राम्रैसँग वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको हो। महाशाखाले २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भए त्यसलाई भारी वर्षा भन्ने गरेको छ।
महाशाखाका अनुसार यस अवधिमा सबैभन्दा धेरै वर्षा धनुषाको तुलसीमा मापन भएको छ। त्यहाँ ६३.८ मिलिमिटर वर्षा भएको हो।
त्यसैगरि धनुषाकै हर्दिनाथमा ५१, रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ। मधेस प्रदेशका सर्लाही, महोत्तरी लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव, धनुषामा भारी वर्षा, मधेसका अन्य जिल्लामा पनि राम्रै पानी पर्यो













प्रतिक्रिया दिनुहोस्