जनता टाइम्स

१७ श्रावण २०८२, शनिबार ०८:०५

रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्ने ट्रम्पको आदेश


काठमाडौँ, १७ साउन ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिनुभएको छ।
उहाँले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिनुभएको छ। यद्यपि, उहाँले पनडुब्बीहरू कहाँ तैनाथ गरिनेछ भनेर भन्नुभएन।ट्रम्पले सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा यस निर्णयबारे बारेमा जानकारी दिनुभएको छ। उहाँले आफ्नो कदमका लागि रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको उत्तेजक अभिव्यक्तिलाई दोष दिनुभएको छ।यसअघि जुलाई २८ मा स्कटल्यान्ड भ्रमणका क्रममा ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग १० देखि १२ दिनको समय रहेको घोषणा गर्नुभएको थियो। यस अविधमा रुसले युद्धविराम वार्ता गर्न सहमत भएन भने रुससँग व्यापार गर्ने देशमा माध्यमिक शुल्क लगाइने बताउनुभएको थियो ।