धनगढी, १७ साउन । १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहार गरी हत्या भएको हो ।बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्थिन् । सेजुवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने निरज साउदले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजुवालमाथि बर्दगोरिया–१ का ३३ वर्षीय साउदले चक्कु हानेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्याइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताउनुभयो । सेजुवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्