जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार ११:५३

भक्तपुरमा तत्यो चुनावी सरगर्मी, नेकपा नेता नेपाल सांसद बस्नेतसहित घरदैलोमा ब्यस्त


भक्तपुर, कात्तिक २९

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले देशको विकास र जनताको हकहितका लागि कम्युनिष्ट पार्टी अपरिहार्य रहेको बताउनु भएको छ । भक्तपुरको सरस्वती खेलमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले विकासका लागि कम्युनिष्ट बाहेक अन्य पार्टीले जिम्मेवारी पुरा गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको पनि बताउनु भयो । बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताउदै भन्नुभयो, ‘अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’ बरिष्ठ नेता नेपालले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको जनताका माझ उल्लेख गर्नुभयो ।

सांसद महेश बस्नेतले उम्मेदवार ढकाल भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति भएको उल्लेख गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पुरा गर्न ढकाल र आफु सदैब सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने भएकाले ढकाललाई निर्वाचित गराउन आग्रह गर्नुभयो । सो क्षेत्रबाट नेकपाकातर्फबाट डिपी ढकाल उम्मेदवार बन्नु भएको छ ।

भक्तपुर क्षेत्र नं.१ ‘क’को उपनिर्वाचनको लागि शुक्रबार चाँगुनारायण नगरपालिका–१ मा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा वरिष्ठ नेता नेपालसहित ठुलो सख्यामा नेता कार्यकर्ता र स्थानीयको उपस्थिति रहेको थियो ।