जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १८:११

बिद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छन कास्की–२ का मतदाता, यस्तो छ अपेक्षा


कास्की, कात्तिक २९ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी अभियानलाई झनै तीव्र पारेको छ । मतदाता भेटघाटलाई पहिलो प्राथमिकतामा राखेको नेकपाले अन्य अभियान पनि एकसाथ अघि बढाएको हो ।

चुनावी प्रचारकै क्रममा आज पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराई, अधिकारीलाई देखेपछि राजनीतिको उचाइमा हजुरलाई देख्न चाहन्छौँ भन्दै मतदाताले शुभकामना दिएका छन । विकासको दीर्घकालीन योजनासहित वृद्धवद्धाको सहारा बनेको नेकपाप्रति आफूहरुको अगाध विश्वास रहेको भन्दै भट्टराईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रममा पुगेकी उम्मेदवार भट्टराईलाई स्थानीय समाजसेवी एवं भूतपूर्व सैनिक लालकाजी गुरुङले अविचलित राजनीतिक यात्राको शुभकामना दिँदै नेकपा आफ्नो आशा र भरोसाको पार्टी भएको बताउनुभयो ।

त्यस्तै स्थानीय ९३ वर्षीया पुण्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको भन्दै बिद्यालाई जिताउन सवैमा अपिल गर्नुभयो । । ‘वृद्धाभत्ता दिने पार्टी नेकपा वृद्धवृद्धाको एक मात्रा सहारा हो,’ बिद्या भट्टराईलाई जिताउन अपिल गर्दै उहाँले भन्नुभयो । घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा उम्मेदवार भट्टराईले भूपूसैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताउनुभयो । उहाँले बिकाशप्रेमी नेता तथा आफ्ना पति रवीन्द्र अधिकारीको अभाव पोखरेली जनतालाई हुन नदिनका लागि नै आफूले उम्मेदवारी दिएको बताउनु भयो ।

कोणसभामा नेकपाका केन्द्रीय सदस्य चुडामणि जङ्गलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताउनुभयो । समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइप लाइन विस्तारलगायतका कार्यहरु नेकपा सरकारले गरेको बताउनु भयो । उहँले बिद्या भट्टराईको जीतमा नै समृद्ध पोखराको सपना साकार हुने तथ्य पनि राख्नुभयो ।