काठमाडौं,२३ साउन । पर्सामा ६ वर्षीया एक नाबालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका(३ बिरञ्चीबर्वाका १४ वर्षीय नाजीर मियाँ रहेका छन्।
प्रहरीका अनुसार गत चैत १३ गते मियाँले ६ वर्षीया बालिकालाई ललाई फकाई गाउँ नजिकैको नहरस्थित सुनसान ठाउँमा लगेर बलात्कार गरेका थिए। उक्त घटना बारे गाउँमा होहल्ला भएपछि मियाँका अभिभावकले उनलाई घरबाट भगाएर भारत पठाइ दिएका थिए।
घटना भएको भोलिपल्ट चैत १४ गते पीडित नाबालिकाका बुवाले इलाका प्रहरी कार्यालय पोखरियामा किटानी जाहेरी दिएपछि प्रहरीले नारायणी अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो। अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टमा बालिकाको बलात्कार भएको पुष्टि भएको थियो। त्यसपछि चैत १४ मै जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपित मियाँविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको थियो।
घटना लगत्तै फरार भएका आरोपितलाई घटनाको चार महिनापछि बिहीबार उनकै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । उहाँका इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।
चैत १४ मा पीडित बालिकाका बुवाले प्रहरीमा दिएको किटानी जाहेरीमा आरोपितको उमेर १८ वर्षको उल्लेख रहेको भए पनि बिहीबार उनलाई पक्राउ गरेर ल्याएर अनुसन्धान गर्दा उनको उमेर १४ वर्ष रहेको खुल्न आएको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो। पक्राउ गरिएका आरोपित विरुद्ध बिहीबार नै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाइएको लम्सालले जानकारी दिनुभयो ।
बालिकालाई बलात्कार गरेर फरार रहेका अभियुक्त ४ महिनापछि पक्राउ













प्रतिक्रिया दिनुहोस्