काठमाडौं, २३ साउन । नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ नौटकी सुरु गरेको बताउनुभएको छ । उहाँले ‘नमागिएको धरौटी’ तिर्न अग्रसर भएसंगै सहकारी ठगी प्रकरणको दोस्रो अध्याय सुरु भएको बस्नेत बताउनुभयो।
‘रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ प्रयोग गर्दै कानुनी चातुर्य प्रदर्शन गर्न खोजेका छन्,’ बस्नेतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘तर जनताको नजरमा यो न त नयाँ राजनीति हो, न नैतिक राजनीति हो, यो त ‘नयाँ नौटङ्की’ हो।’
बस्नेतले जनताले तर्क हैन न्याय मागेको समेत सुनाउनुभयो। ‘जनताले मागेको तर्क होइन, न्याय हो ? अन्यायमा परेका पीडितहरूमाथि न्याय नदिएर बैंक धरौटीको सहारामा उम्किने प्रयासले अब रविको छवि झनै शङ्कास्पद बनेको छ,’ उहाँले लेख्नुभएको छ, ‘अदालतलाई समेत भ्रममा पार्न बैंक ग्यारेन्टी को फण्डा त काम लाग्ला, तर जनतालाई चित्त बुझाउन न्याय दिन यो तरिका कहिल्यै सफल हुँदैन।’
रविको ‘नयाँ नौटंकी’– महेश बस्नेत













प्रतिक्रिया दिनुहोस्