काठमाडौं, २६ साउन । काठमाडौंको पशुपति क्षेत्रमा प्रहरीले अपरेशन सञ्चालन गरी ४० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। अन्तिम साउने सोमबारलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई दुस्ख दिन सक्ने आशंका गरिएका ४० जना भन्दा बढी व्यक्तिहरूलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार आइतबार साढे ५ बजेसम्म ४२ जनालाई नियन्त्रणमा लिइएको छ।
‘अहिलेसम्म ४२ जनालाई नियन्त्रणमा लिएका छौं। थपिन सक्छन्। दर्शन गर्न आउनेहरूको पाकेटमारी हुनसक्ने र त्यस्ता आपराधिक गतिविधिमा संलग्न हुनसक्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएका छौं,’ चन्दले भन्नुभयो । नियन्त्रणमा लिइने व्यक्तिहरू अझै थपिन सक्ने उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा धेरै भीड लाग्ने बेलामा पाकेटमारीका घटना बढी हुने गरेको प्रहरीको भनाइ छ।
पशुपति क्षेत्रमा प्रहरीले चलायो यस्तो अपरेशनः ४० जना भन्दा बढी प्रहरीको नियन्त्रणमा













प्रतिक्रिया दिनुहोस्