जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १२:२८

फेरि जेल पुगे सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका दुई युवा नेता


ललितपुर, कात्तिक ३० । जबरजस्तीकरणी गरेको अभियोगमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रैसका दुई नेता जेल चलान भएका छन । ललितपुर जिल्ला अदालतले जवरजस्ती करणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन आदेश दिएको हो ।

पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका रहेका छन । उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै नख्खु कारागार चलान गरिएका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनुभयो ।

पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य हुन । दुवै जनाले मिलेर असोज २९ गते ललितपुरमा १९ वर्षीय एक युवतीलाई बलात्कार गरेको अभियोग लागेको छ ।