रुपन्देही, साउन २९ । नेकपा (एस) का केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएपछि लामो समय निष्क्रिय रहेका युवानेता राजु गुरुङलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको छ।
गुरुङ पछिल्ला दिनमा एमाले नेताहरूसँग नजिकिएको चर्चा भए पनि यसअघि औपचारिक घोषणा भएको थिएन। उहाँले एमालेका नेताहरूसँगको भेटघाटका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आउनुभएकाे थियाे ।
बुधबार एमालेले गुरुङलाई लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको हो। सोही दिन नेकपा (एस) केन्द्रीय सदस्यबाट राजीनामा दिएर आएका सिनपाका पूर्वउपमेयर उमा काफ्ले र रोल्पामा माओवादी परित्याग गरेका शान्तराज बोहोरालाई पनि प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो।
कँडेलका अनुसार यस नियुक्तिसँगै लुम्बिनी प्रदेश कमिटी अब २ सय ३८ सदस्यीय बनेको छ।













प्रतिक्रिया दिनुहोस्