जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १८:५६

बिद्या भट्टराईलाई मतदाताको दह्रो साथ : म पनि भोट माग्न जान्छु, नानीसितै भन्दै घरदैलोमा ८४ बर्षीया बृद्धा


पोखरा ३० कात्तिक ३० । आगामी मंसीर १४ गते हुन गइरहेको कास्की २ को उपनिर्वाचनमा नेकपाकी उम्मेद्वार बिद्या भट्टराई अधिकारीको पक्षमा मतदाता धमाधम खुल्न थालेका छन । उप निर्वाचनमा अत्यधिक मतले आफ्ना उम्मेदवार विजयी गराउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को चुनाव प्रचारप्रसार कमिटी सक्रिय बनेसँगै बिद्या जिताउन मतदाता आफै खुल्न थालेका हुन ।

८४ वर्षीया बृद्धा पनि चुनावी प्रचारमा

बृद्धभत्ताको सुरुवात गरेर उनीहरुकोे मनको पार्टी बन्न सफल नेकपाले बृद्ध बृद्धाहरुको साथ पाउँदै आएको छ । शनीबार पोखरा ११ मा देखिएको एउटा दृश्यले धेरैको ध्यान आकर्षण गराएको छ । चुनावी घरदैलो गरिरहेकी विद्या भट्टराई जब भोट अपील गर्दै ८४ वर्षीया तारादेवी गौतमको घरमा पुग्नुभयो । त्यसपछि गौतमले विद्यालाई आशिर्वाद मात्र दिनुभएन, केहीबेर विद्यासँगै नेकपाको झण्डा बोकेर चुनाव प्रचारप्रशारमा साथ दिने घोषणा गर्नुभयो । ‘म पनि भोट माग्न जान्छु, नानीसितै,’ गौतमको यस्तो कुरा सुनिसकेपछि विद्याले भन्नुभयो, ‘आमा तपाई सक्नुहुन्न कि ?’ तर आमाले विद्याको जीतका लागि चुनावी प्रचारमा केहीबेर विद्यालाई साथ दिनुभयो ।

बुद्धिजिवीको छुट्टै कमिटी

बिद्यालाई जिताउन आज मात्रै पोखरा ३३ वडा कमिटीमा पनि बुद्धिजीविहरुको भेलाले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा भएको भेलाले यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा ३३ सदस्यीय निर्वाचन परीचालन कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तुलसीमणी अधिकारी, सचिवमा गिरीधारी अधिकारी, सहसचिवमा राजु पौडेल र कोषाध्यक्षमा पारशमणी पौडेल रहनुभएको छ । कमिटीले सो वडामा नेकपाको पक्षमा जनलहर ल्याउन मतदातासम्म पुगेर पार्टीका एजेण्डाहरुबारे जानकारी गराउने बताएको छ ।

सोही भेलालाई सम्बोधन गर्दै नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकाशको जिम्मा आँफूलाई दिन आग्रह गर्नुभयो । ‘तपाईंहरुकै कारण आज म उम्मेद्वार छु, तपाईंहरु ढुक्क हुनोस, मत खेर जान दिनेछैन, भोलि यही ठाउँको विकाशका लागि दिनरात खटिनेछु,’ नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले भन्नुभयो । आफूले विकाश, निर्माण र समृद्धिबाहेक धेरै कुरा नसोचेको प्रष्ट पार्दै उहाँले अफ्नो पक्षमा देखिएको जनलहरुका कारण विपक्षीका केही व्यक्तिहरु अत्ताल्लिएको बताउनु भयो । ‘जनताले हामीलाई दिएको साथ देखेर विरोधीहरु आत्तिसकेका छन, छटपटाईसकेका छन, हामीप्रति जनताको जुन आशा र भरोसा छ म त्यो अवश्य पूरा गर्छु,’ उहाँले भन्नुभयो ।

वडा नं १५ मा धमाधम प्रचारप्रसार

नेकपाको चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत वडा परिचालन कमिटिको आयोजनामा पोखरा १५ मा टोल स्तरीय प्रचारप्रसार कार्य तीब्र पारिएको छ । दिनहुँजसो हरेक टोलमा नेकपाको सूर्य चिन्हमा मतदानका लागि अपील गर्दै नेकपा प्रतिनिहिरुले घरदैलो अभियान चलाईरहेका छन् । सोही क्रममा आज पट्नेरीमा घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभामा बोल्दै वडा नं १५ को निर्वाचन परिचालनको कमाण्ड सम्हालीरहेका नेकपा कास्की सचिव बखान सिंह तमुले विकास र समृद्धिका लागि फेरि पनि सूर्य चिन्हमै मतदान गर्नुपर्ने समय आएको बताउनुभयो ।

सो अवसरमा नेकपा वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्री, पोखरा महानगर वडा अध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य बलराम पौडेल, गणेश पाख्रिन लगायतले मत माग्दै आ आफनो भनाई राख्नुभयो । घरदैलोका क्रममा टोलबासीले नेकपाको पक्षमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उक्त टोलमा स्थानीय मुक्तिलाल गुरुङको संयोजकत्वमा ७४ सदस्यीय चुनाव प्रचारप्रसार टोली गठन गरिएको छ ।

काँग्रेस नेताले दिए बिद्यालाई बिजयको शुभकामना

चुनावी मति नजिकिँदै जाँदा बिद्यालाई बिपक्षी पार्टीका नेताले समेत बिजयको शुभकामना दिन थालेका छन । पति रविन्द्र असधकारीकै शैलीमा बिद्याप्रति मतदाताको आकर्षण बढेको हो । आफ्ना पार्टीको मात्र होईन विपक्षी दलका नेता कार्यकर्ता हरुको ध्यान आँफूतिर तान्न महिर मानिनुहुन्थ्यो स्व. रवीन्द्र अधिकारी । उहाँकै पदचाप पछ्याउँदै उम्मेद्वार बन्नुभएकी पत्नी विद्या भट्टराईमा पनि रवीन्द्रको जस्तै स्वाभाव देखिएको छ ।

यसअघिका निर्वाचनमा रवीन्द्रसंगै चुनावी प्रतिष्पर्धा गरेका काँग्रेस नेता सोभियतबहादुर अधिकारीसंग विद्याले भोट माग्नुभयो । आज पोखरा ११ रानीपौवामा चुनावी प्रचारप्रसारमा जानुभएकी विद्याले नेता अधिकारीसंग हात मिलाउनु भयो र शुभकामना पनि लिनुभयो । शुभकामना तथा आशिर्वादका लागि हात मिलाईसकेपछि मोटरसाईकलमा सवार काँग्रेस नेता अधिकारी पनि मुसुक्क हाँस्दै गन्तव्यतिर लाग्नुभयो ।