जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार ०७:२४

यी हुन् ट्रम्प-पुटिन भेटका ५ ठूला अपडेट


काठमाडौं, ३१ साउन । युक्रेन युद्धबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा ३ घण्टा वार्ता भयो। त्यसपछि उनीहरूले संयुक्त पत्रकार सम्मेलन गरे। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पत्रकार सम्मेलन केवल १२ मिनेट भयो।

१. पुटिन १० वर्षपछि अमेरिका पुगे। उनलाई रातो कार्पेटमा स्वागत गरियो।

२. दुई नेताले युक्रेन युद्धबारे बन्द कोठामा लगभग ३ घण्टा वार्ता गरे।

३. बैठकपछि दुई नेताले केवल १२ मिनेट पत्रकार सम्मेलन गरे।

४. ट्रम्पले केही प्रमुख मुद्दामा सहमति नभए पनि वार्ता सकारात्मक रहेको बताए।

५. पुटिनले रुसको सुरक्षा अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै अर्को बैठक मस्कोमा गर्न प्रस्ताव गरे।

ट्रम्प र पुटिनबीच प्रतिनिधमण्डलसहित अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा भेटवार्ता भएको हो।

तीन घण्टा वार्ता गरेका उनीहरूले १२ मिनेटको पत्रकार सम्मेलनमा कुनकुन बुँदामा सहमति भएको भन्ने कुरा बताएनन्।

आफ्ना कुरा भनिसकेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिए र पत्रकारहरूको प्रश्नको जवाफ पनि दिएनन्।