जनता टाइम्स

१ मंसिर २०७६, आईतवार ०९:३२

भीमफेदी जेलबाट सिसिटिभी छल्दै यसरी भागे एककैदी


हेटौडा, मंसिर १

मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीबाट एक कैदी फरार भएका छन । सिसिटिभी जडान गरेर मजबुत बनाइएको कारागारबाटै कैदी फरार भएपछि छानविन प्रक्रिया शुरु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका चितवन घर भएका ३० वर्षीय कुलदिप राज धामी (चौधरी) जेलबाट भागेको जेलर प्रकाश खनालले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनि गएराति करिव सवा ९ बजेतिर कारागारको पर्खाल नाघेर भागेका हुन् । भरतपुर जेलबाट १५ महिना अघि भीमफेदी कारागार आएका धामीले कारागारको १२ फिट अग्लो पर्खाल नाघेर भागेका हुन् ।

अरु कैदी बन्दीहरुको सहयोगमा उनी भाग्न सफल भएको अनुमान जेल प्रशासनको छ । क्षेत्रीय कारागार भीमफेदीको ुकु ब्लकमा रहेका धामी सह–नाईके पनि हुन् । कारागारभित्र सीसीटीभी पनि जडान गरिएको छ । सीसीटीभीले नभेट्ने स्थानबाट उनी भागेका छन् । उनले ५ वर्ष जेल जीवन बिताइसकेका छन् । फरार कैदीको तीव्र रुपमा खोजी भइरहेको जेल प्रशासनले जनाएको छ ।