विपिन देव
गान्धीको आर्दशको आधारस्तम्भमा स्वतन्त्रता प्राप्त गरेका भारतको कूटनीतिमा समेत गान्धीवादको प्रभाव देखिन्छ । भारत स्वतन्त्र हुनभन्दा १५ वर्ष पहिले नेहरुको अध्यक्षता भारतीय राष्ट्रिय काङ्ग्रेसले भारतको भावी परराष्ट्रनीतिको मापन गरेको थियो । डा. राममनोहर लोहिया त्यसको सचिव रहेको थियो । स्वतन्त्रता प्राप्त गर्नु भन्दा पहिले सन् १९४६ मार्चमा नेहरुको अगुवाई दिल्लीमा एसियान रिलेशन कनफरेनसको आयोजना भएको थियो । २५ वटा मुलुकहरू सहभागी भएको उक्त सम्मेलनको प्रस्ताबना र उद्देश्य एसिया र अफ्रिकाबाट सम्राज्यवाद र उपनिवेशवादलाई पूर्ण रूपले निर्मुल गर्नु थियो ।
विश्व भू-राजनीति साम्यवाद र पुँजीवादमा कित्ताकाट हुंदा पुँजीवादको नेतृत्व अमेरिका र साम्यवादको नेतृत्व सोभियत संघले लिएका थिए । संसार शित युद्धको कहरमा थियो । चीन र भारत भर्खरै स्वतन्त्रताका सास लिएका थिए । माऔं र नेहरुको सम्झदारीमा एसिया र अफ्रिकाका मुलुकहरूलाई शितयुद्धको वाछीटावाट टाढा राख्न असलग्न परराष्ट्रनीतिको पकिल्पना गरिएको थियो । नेहरुको अगुवाईमा वागडुग सम्मेलन सफल भयो । २७ वटा एसिया र अंफ्रिकाका मुलुकहरू सहभागी भएका उक्त सम्मेलनले विश्व राजनीति र कूटनीतिलाई नयॉ दिगर्दशन र दिशावोध गर्न जर्मको गरेको थियो ।
नेहरुको आर्दशवाद एक उ‘चाई लिदै थियो । आप्mनो नैतिक वलबाट कोरियन युद्ध र इजिप्टको समस्या समाधान गनै सार्मथ्य वोकेका नेहरु विश्व कूटनीतिक प्राङगणमा लोकप्रिय थिए । ५० को दशक भारतीय परराष्ट्र नीति आर्दशवादबाट अभिप्रेरित रहेको थियो । संयुक्त राष्ट्र संघमा चीनको पक्षमा वकालत गर्ने नेहरु नै थिए । चीनलाई स्वतन्त्रत राष्ट्रको रूपमा सबभन्दा पहिले मान्यता दिने समेत नेहरु नै थिए । भारत चीनको सम्बन्ध “हिन्दी चीनी भाई भाई” को नाराबाट गुञ्जीत थियो । ६० को दशकमा भारतले स्थापित गरेको आर्दशवाद स्वखलित हुंदै गयो ।
चीन भारत विच सीमा विवाद र दलाई लामा भारतमा शरण लिनु जस्ता कारणले गर्दा सन् १९६२ मा दुई देश विच युद्धपी हुन गयो । भारतीय कूटनीति लघुताभाषको मनोग्रनथीबाट प्रभावित हुन गयो । पुनः सन् १९६५मा भारत पाकिस्तान विच समेत युद्ध हुन गयो । लाल बहादुर शास्त्री भारतमा प्रधानमन्त्री रहेका थिए । सन् १९६५ को युद्धमा भारतीय पक्ष विजित भई लघुताभाषको भूमरीमा रहेका कूटनीतिलाई सम्वलता दिए । भारतीय अर्थतन्त्र कमजोर अवस्थामा रहेकोले गर्दा कूटनीति समेत कमजोर रहेका थिए । ७० को दशकमा भारतले वर्षेणी १० देखि ११ मिलियन टन खाद्यायान वाहिरबाट आयात गर्थे । सन् १९५५ देखि सन् १९६५ सम्म परिवार नियोजन, विश्व खाध संघ लगायत पश्चिमा गैर सरकारी संघहरूको लागि भारत प्रयोगशाला नै रहेको थियो । गरिवी र कुपोषण राष्ट्रिय मुद्रा रहेको थियो । ७० को दशकमा भारतीय अर्थतन्त्र काचुली फेर्यो ।
हरित क्रान्तीको माध्यामबाट भारत खाद्यायानमा आत्मनिर्भर भए । ७० को दशकमा इन्दिरा गान्धी प्रधानमन्त्रीको रूपमा कूटनीतिलाई आर्दशबाट यर्थातवादमा परिमार्जित गरिन । पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै ७० को दशकमा वंगलादेशको धाइआमा बन्न सफल भएकी इन्दिराले एक साथ अमेरिका र चीनको दवावलाई मत्थर गर्न सफल भइन । अमेरिकी राष्ट्रपति निम्सन र किसिनजरलाई चकित पार्दै उनले सन् १९७१ म सोभियत संघसंग सम्झौता गरेर भारतीय कूटनीतिलाई एक नयॉ उचाईमा लगिन् । सोभियत पू‘जी र प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गर्दै सुरक्षा प्रणाली र सामरिक तयारीमा उनले अधिक ध्यान दिइन । सत्तरीको दशकमा नै भारतको उत्पादनले उ‘चाई लिइ सकेको थियो ।
भारत र सोभियत संघ विच व्यापार अध्भूत रूपले बढेको थियो । आपसी व्यापार ८३० मिलियनसम्म ७० को दशकमा नै पुगिसकेको थियो । सोभियत संघको सहयोगले सन् १८७५ मा नै भारतले पहिलो अतंरिक्ष उडान गरिसकेका थिए । ८० को दशकमा भारतीय कूटनीति युवाहरूको हातमा गयो । अर्थात् भारतमा राजीव गान्धी प्रधान भए । जोश र जागरबाट भरिपूर्ण भएका राजिव ८० को दशकमा दक्षिण एसियामा विकास र प्रगतिको वातावरण निर्माण दक्षिण एसियाली सहयोग संगठनको प्रारूपमा महत्वपूर्ण भुमिका खेलेका थिए । राजिव आधुनिकिकरणको पक्षमा थिए । पश्चिमा प्रविधिलाई भारतमा प्रवेश गराउनु उनले भगिरथ परिश्रम गरेका थिए । वर्तमान अवस्थामा भारतले कम्प्युटर प्रविधिमा नेतृत्वदायी स्थान पाउनसको कारण त्यतिखेर नै राजिवले भारतमा कम्प्युटर सन् १९८५ मा उनले अमेरिका यात्रा गरेका थिए ।
उक्त यात्राको मुख्य उद्देश्य नै अमेरिकी पूंजी र प्रविधि भारतमा आयात गर्नु थियो । राजिव गान्धीको सन् १९९८ को चीन यात्रा वडो महत्वपूर्ण देखिन्छ । सन् १९८८ मा राजिव गान्धी र चीनिया नेता देङ विच एक रोचक सहमति भएको थियो । वोर्डर समस्यालाई थाती राख्दै दुईवटै मुलुकहरू आर्थिक विकासमा अधिक ध्यान दिनु पर्ने उक्त भेटघाटको उद्देश्य रहेको थियो । देङ र गान्धीको सम्झदारी कारण सन् १९९८ देखि २०१७ सम्म भारत चीनबीच फाट फुट घटना वाहेक कुनै खास तनाव भएन । वर्तमान परिवेशमा भारत चीन विच १२७ विलियन डलरको व्यापार हुनुको मुख्य कारण नै देङ र गान्धी विचको सहमति हो । सफलताको साथै राजीव गान्धीको कूटनीतिलाई असफलता खेप्नु पर्यो । श्रीलङ्कामा भएको गृह युद्धमा भारतले हस्तक्षेप गर्दा त्यसको प्रभाव भारत श्रीलङ्काको सम्बन्धमा नकारात्मक प्रभाव पर्यो । अर्को शब्दमा भन्ने हो भने कालान्तरमा यही घटनाका कारणले गर्दा राजिव गान्धीले आप्mनो बलिदानी दिनु पर्यो ।
९० को दशकमा भारतको कूटनीति गम्भिर मोडमा उभिएको थियो । सोभियत विघटन, पूर्वीय युरोपमा साम्यवादको अन्त्य, कामचलाउ सरकार (विपि-सिंह, चन्द्रशेखर, देबगोडा) ले गर्दा भारतीय अर्थव्यवस्था दिवालीयापनको संघारमा रहेको थियो । इतिहासको त्यो कठिन मोडको रूपमा भारतीय राजनीतिका चाणक्य नरसिंहा राव प्रधानमन्त्री भए । रावले भारतलाई आर्थिक उदारवादको युगमा प्रवेश गराए । डा. मनमोहन सिंह अर्थमन्त्रीको रूपमा विराज थिए । हिन्दु विकास दरले २ देखि ३ पदशमलबाट अगाडी बढिरहेका अर्थतन्त्र एकै पटक ३ दशमल ५ वाट ८ दशमलव ५ मा छलाङ्ग मारे । यो अर्थशास्त्रको अद्भूत प्रयोग थियो । रावले “लुक इष्ट” को परराष्ट्रनीति लिदै भारतलाई आसीयानसंग जोडे भने इजरायलमा दुतावास स्थापना गरे । रावको कूटनीति अर्थनीतिसंग जोडिएको थियो ।
रावको कार्यकाल पश्चात भारतीय कूटनीति अटल विहारी वाजपेयीले सञ्चालन गरे । सन् १९९८ मा वाजपेयीले न्यूकिलियर परीक्षण गर्दै सारा विश्वलाई चकित पार्दै भारतलाई शक्ति राष्ट्रको रूपमा परिचय गराए । सन् १९९८ को पोखरन परीक्षण पश्चात भारत अमेरिकी सम्वन्धमा तुषारापात भयो । अर्थात् सन् १९९८ मा नै अमेरिकाले भारत माथि आर्थिक नाकावन्दी गरे । अमेरिकाको सर्मथनमा युरोप, अष्टे«लिया र जापान समेत रहेका थिए । विस्तारै विस्तारै भारत आर्थिक नाकावन्दीको चपेटावाट मुक्त हुंदै गयो । सन् २००० पश्चात अमेरिकाको भारत प्रतिको नीति राष्ट्रपति किलनटनको भारत यात्राले गर्दा परिर्वतित भयो । सन् २००५ मा डा। मनोहन सिंहको कार्यकालमा अमेरिका भारत विच आणविक सम्झौता भयो ।
डा. सिंहको प्रधानमन्त्री तत्व कालको मुख्य लक्ष्य विकास दरलाई निरन्तरता दिनु थियो जबकी सन् २००८ मा नै युरोप र अमेरिका आर्थिक मन्दीको त्रासदीय रहेको थियो । सन् २०१५ पश्चात मोदीको कूटनीतिमा सामरिक नीति र अर्थनीतिको अन्तरधुलन पाइन्छ । भारत संघाई सहयोग संगठन र व्रिक्समा आवद्ध रहेर चीन र रसियासंग समेत सहकार्य गरिरहेको छ भने जि।टेउन्टीको माध्यमबाट युरोप र अमेरिकासंग समेत सहकार्यको यात्रा गरिरहेको छ ।
१४ वटा मुलुकहरूसंग सामरिक साझेदारी कायम गर्दै दक्षिण गोलाद्धका मुलुकहरूको आवाजलाई समेत ध्वनित गरेको छ । सन् १९१७ देखि सन् १९२४ सम्म ९डोकलम देखि गलवान०सम्म चीनसंग विवाद र तनाव हुनु, ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकावाट ५० प्रतिशत टेरिफ दबाव हुनु, वंगलादेशमा शेख हसिनाको सत्ता परिर्वतन हुनु जस्ता कारक तत्वहरूले गर्दा भारतीय कूटनीति चूनौतीले भरेको देखिन्छ । चूनौतीलाई अवसरमा परिर्वतन गर्नु नै राष्ट्रको सार्मथ्य भएको हुंदा भारतीय कूटनीतिको सफलता आउने दिनमा देखिने छ ।













प्रतिक्रिया दिनुहोस्