जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार २०:३७

‘अमेरिकी सेना युक्रेन पठाइने छैन’– डोनाल्ड ट्रम्प


काठमाडौं, ३ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकी सेना नपठाउने बताएका छन्।

सुरक्षा ग्यारेन्टीअन्तर्गत अमेरिकाले युक्रेनमा सेना पठाउने हो भनेर सोध्दा ट्रम्पले होइन भनेका हुन्।

फक्स न्युजको प्रत्यक्ष कुराकानीमा राष्ट्रपति ट्रम्पलाई भ्लादिमिर पुटिन र भोलोदिमिर जेलेन्स्कीसँगको सम्भावित भेटघाटबारे के अपडेट छ भनेर पनि सोधिएको थियो।

जवाफमा ट्रम्पले सोमबार पुटिनलाई फोन गरेको र उनबाट राम्रो व्यवहार अपेक्षा गरिएको बताए।

उनले भने, ‘यदि त्यसो भएन भने परिस्थिति कठिन हुनेछ।’

युक्रेनका राष्ट्रपति जेलेन्स्कीबारे ट्रम्पले भने, ‘मलाई आशा छ( जेलेन्स्कीले जे गर्नुपर्ने हो त्यो गर्नेछन्, तर उनले कुराकानीमा लचिलोपन देखाउनुपर्नेछ।’

ट्रम्पले थप भने, ‘म के भन्दिनँ भने जेलेन्स्की र पुटिन कहिले पनि असल साथी बन्न सक्छन्, तर निर्णय उनीहरूले नै लिनुपर्नेछ।’