जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार १०:५३

सैन्य शक्ति प्रदर्शन गर्दै सीले भने– चीन कहिल्यै कुनै धम्कीबाट डराउँदैन


काठमाडौं, १८ भदौ । चीनका राष्ट्रपति सी चिनफिङले देशको विजय दिवस परेडमा चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको बताउनुभएकाे छ।

‘कमरेड तथा साथीहरू, हामी चीनको विजयको ८०औँ वार्षिकोत्सव मनाउन भेला भएका छौँ’, सीले भाषणको सुरुवातमा भन्नुभयाे। उहाँले चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न आग्रह गर्नुभयाे।

‘इतिहासले हामीलाई चेतावनी दिन्छ- मानवता सँगै उठ्छ र पतन हुन्छ, चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’, सीले भन्नुभयाे, ‘याे नयाँ यात्रा, नयाँ युग हो ।’

सीले दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सव मनाउन चीनको सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरिएकाे हाे। परेडअघि सी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिनुभएकाे थियाे।