जनता टाइम्स

४ मंसिर २०७६, बुधबार १२:५२

अक्षयकोषको रकमबाट जेहन्दार १२ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण


कञ्चनपुर, मंसिर ४

कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ भगतपुरमा रहेको शिव ज्ञानेश्वर आधारभूत विद्यालयले अक्षयकोषको ब्याजको रकमबाट जेहन्दार १२ जना छात्रछात्रालाई छात्रवृत्रि वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय भोजराज भण्डारीको स्मृतिमा स्थापना गरिएको रु एक लाख सात हजारको अक्षयकोषको ब्याजको रकमबाट विद्यालयमा अध्ययन गर्दै आएका जेहेन्दार, विपन्न छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।

विद्यार्थीलाई रु आठ सयका दरले छात्रवृत्तिको रकम वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेदप्रकाश चौधरीले बताउनुभयो ।