डडेल्धुरा, मंसिर ४
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । सोमबार साँझ २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका हुन् । अमरगढी नगरपालिकास्थित बजार क्षेत्रमा कोठा लिई बसेकी बुहारी नाता पर्ने महिलामाथि उनले कोठामै गएर बलात्कार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई सोमबार राति नै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । उनीमाथि मंगलबार जिल्ला अदालत डडेल्धुरामा जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप अनुमती लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्