जनता टाइम्स

१९ आश्विन २०८२, आईतवार ०७:२२

रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु


काठमाडौं, १९ असोज ।  कटहरिया नगरपालिका- २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ । आज साँझ ६स्३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती र सरकारी कार्यालयहरु डुबानमा परेका छन्। पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा ३२६ मिलिमिटर गौरमा ३०४.४ मिलिमिटर, गरुडामा २७०.४ मिलिमिटरमा पानी परेको छ ।