काठमाडौं, असोज २९ । नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेश गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो । यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार एमालेले केन्द्रीय समिति बैठकबाट मिति प्रस्ताव गरेको हो। बैठकमा अध्यक्ष ओलीले अहिलेसम्मका सवै आरोपलाई एक एक तथ्य केलाएर प्रष्ट पार्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्