जनता टाइम्स

३ कार्तिक २०८२, सोमबार १६:४८

हमासले बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइयो


काठमाडौं, कात्तिक ३ । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार काठमाडौं ल्याइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डा ओढाएर उहाँको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए। अधिकारीहरूले उहाँको साहस र समर्पणको कदर गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

उपस्थित सबैले विपिन जोशीको योगदान र समर्पणलाई सम्मान गर्दै, उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ।