जनता टाइम्स

१७ कार्तिक २०८२, सोमबार ०७:३२

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक


काठमडौं, १७ कात्तिक ।  कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।
नेता खतिवडाका अनुसार डिल्लिबजार डेरामा गएराति निधन भएको हो। खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी हुनुहुन्थ्यो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।