जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १०:२५

नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा


काठमाडौं, मंसिर १०

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुग्नु भएको छ । उहा आज विहान नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्नु भएको हो ।

प्रधानमन्त्री ओली मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुग्नु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार उहा नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुग्नु भएको जानकारी दिनुभयो । उहा परीक्षण गरेर बालुवाटार फर्किनुहुनेछ ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो । त्यसअघि गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किनु भएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौलाको प्रत्यारोपण भएको थियो।