जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार ११:०५

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन


काठमाडौं, कात्तिक २२। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना हुनुभएका आतमको गएराति साढे २ बजे निधन भएको हो ।

आलमको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार आलमलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार आलमको मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि आलमलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो । त्सपछि भारत गएर उपचार गराउनु भएका आलमको ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको हो ।

संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते हुनुभएको थियो ।

घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि आलम थुनामुक्त भएका थिए।