भक्तपुर, कात्तिक २२ । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले देश विकास र समृद्धीको बाटोमा अघि बढिरहेको बेला अराजकताले निल्न खोजेको बताउनु भएको छ ।
एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत शनिवार सूर्यविनायक नगरपालिका वडा नं ५ मा आयोजित बृहत् कार्यकर्ता भेलामा उनहाँले यस्तो बताउनु भएको हो । ‘दशकौंको माओवादी उग्रवादी अराजकताबाट विस्तारै तङ्ग्रिएको नेपाललाई जेन्जीको नाममा भएको नेतृत्वबिहीन घोर दक्षिणपन्थी अराजकताले पुनः आक्रान्त पार्यो’, भट्टराईले भन्नुभयो ।
‘यस किसिमको अराजकताबाट देशलाई पार लगाउन झन सशक्त एमालेको आवश्यकता रहेको उहाँको जिकिर थियो । पार्टी वडाध्यक्ष सुरेश अच्छामीको अध्यक्षतामा सम्पन्न सो भेलालाई एमाले सल्लाहकार परिषद भागिरथा सिटौला, प्रदेश कमिटी सदस्य दिपक विसुन्के, जिल्ला अध्यक्ष बचन देउजा, वडा इन्चार्ज मनोज थापा,नेता तथा वडाध्यक्ष राजकुमार जोशीलगायतले सम्बोधन गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्