काठमाडौं, कात्तिक २३ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले एमालेलाई अप्ठेरो पर्दा एमालेका कार्यकर्ता जुरुक्कै उठ्नु पर्ने बताउनुभएको छ ।
नेकपा एमाले रामेछापको दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क मञ्चको सम्पर्क भेलालाई सम्बोधन गर्दै गौतमले आज एमाले संकटमा परेकाले एमालेका नेता कार्यकर्ता जुरुक्क उठ्नु पर्ने बेला आएको बताउनुभयो । राष्ट्रियताको विषयमा विदेशीसँग आँखा जुधाएर कुरा गर्न सक्ने नेता केपी ओली भएको बताउँदै उहाँले त्यो आँट नेकपा एमालेका सबै नेता कार्यकर्ताले गर्नुपर्नेमा जोड दिनुभयो ।
गौतमले केपी ओली जसरी उभिनु भएको छ एमालेका कार्यकर्ता पनि त्यसै गरी उभिनु पर्ने बताउनुभयो । केपी ओली माथि भएको आक्रमण सिङ्गो एमाले माथि भएको आक्रमण भएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेकपा एमाले भएन भने देश अन्धकार हुने बताउनुभयो । ‘एमाले भएन भने देशको विकास हुने छैन, हिजो पनि भएन, आज पनि हुँदैन, भोलि पनि हुने छैन’, उहाँले भन्नुभयो ।
गौतमले नेकपा एमालेलाई कमजोर बनाउन भनेर केही व्यक्ति र शक्तिले गठजोड गरेका भए पनि एमालेलाई त्यसले कमजोर बनाउन नसक्ने दाबी गर्नुभयो । एमालेका नेता कार्यकर्ता टाउकोमा कफन बाँधेर उत्रिए भने आउने निर्वाचनमा एमालेलाई जित्नबाट कसैले रोक्न नसक्ने गौतमले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्