जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार ११:२३

मुख्यमन्त्री नियुक्ति विवादले मधेश प्रदेशमा तनाव, प्रदेश प्रमुख र मन्त्रिपरिषदकै कार्यालय तोडफोड


धनुषा, कात्तिक २४ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।

अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन । नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उहाँलाई अवरोध गर्न मधेसी दलका नेता तथा कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् ।

त्यस्तै दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

 

प्रदेशसभामा बिश्वासको मत पाउन नसक्ने भएपछि मुख्यमन्त्री जीतेन्द्र सोनलले राजीनामा दिएसँगै सवैभन्दा ठूलो दलका नेताका हैसियतमा यादव मुख्यमन्त्री नियुक्त हुनुभएको हो । तर मधेसी दलहरु आफूहरुलाई नदिएर संबिधानअनुसार ठूलो दलमा गएको भन्दै तोडफोडमा उत्रिएका हुन ।