माओवाद र जनयुद्धको ह्याङओभर बोकेका प्रचण्ड, कुण्ठा र असन्तुष्टिको भारी बोकेका माधव, वामदेव र रावल, दक्षिणको विषाक्त हावा बोकेका महिन्द्र यादवको क्षणिक गाला जोडाइले कुनै पार्टी बन्दैन। विजातीय र विचारविहीनहरूको पार्टी बनेको र टिकेको इतिहास छैन ।
निर्मल भट्टराई
नेपालको कम्युनिष्ट आन्दोलनमा पुन: ध्रुवीकरण सुरू भएको छ । लामो समयदेखि नेपालको वाम आन्दोलनमा जनताको बहुदलीय जनवादी कित्ता वा माओवादी कित्तामा वाम नेता, कार्यकर्ता र मतदाताको ध्रुवीकरण हुँदै आएको थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगस्वरूप जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिध्दान्त बनाएर आएको छ भने माओका विचारलाई हुबहु कपी पेस्ट गर्ने प्रचण्डलाई माओवाद घाँडो भएर त्यसलाई तिलाञ्जलि दिएका छन् । एक दशक अघि उनलाई नेपालमा माओवादको सान्दर्भिकताबारे भनिएको थियो, ‘नेपाली सामाजको चरित्रमा आएको फेरबदलको कारण अबको नेपालमा माओवादको न आवश्यकता छ न सान्दर्भिकता नै ।’
नेपालको धरातलीय यथार्थ माओवादी क्रान्तिको लागि अब उपयुक्त छैन । यसो भन्न सकिन्छ, ‘जतिसुकै मजबुत डोरीले माओवादलाई चीनबाट नेपालमा तान्न प्रयत्न गरिए पनि सगरमाथाबाट त्यो यता ओर्लन सकेन । र, भविष्यमा ओर्लने संभावना पनि छैन । तर माओबादीका केही घटकले माओवाद नछोड्नु र एक शताब्दी अगाडिको माओको आँखाले बर्तमान नेपाली समाजलाई हेर्नु उनीहरुको बैचारिक दिवालीयपन सिवाय केही होइन।
चीनीयाँ कम्युनिष्ट पार्टीले ‘माओ विचार’ मात्र भन्नुले पनि माओको बैचारिक योगदानले बादको उचाई प्राप्त गर्न सक्दैन भन्ने स्वतः सिद्ध छ । विश्व कम्युनिष्ट आन्दोलनका नेताको रुपमा श्रद्धेय माओको विचार नेपालमा अब लागू हुन सक्दैनन् भन्ने तथ्य अझै किन लुकाउने ? कहिल्यै पानी नपार्ने सुन्दर बादलको कतिन्जेल स्तुति गरिरहने ? के कम्युनिष्टहरुले जनताको सामु साँचो बोलेर राजनीति गर्न सक्दैनन् ? जनता सामु साँचो बोलेर गरिएको राजनीति मात्र टिकाउ हुन्छ । त्यसो गरेरमात्र श्रमजीवीहरुको सच्चा प्रतिनिधि बन्न सकिन्छ ।’ तर उत्तरमा प्रचण्डले ठाँटिलो शैलीमा भनेका थिए, ‘माओवाद हाम्रो लाइफलाइन हो । माओवाद र जनयुद्धले हामीलाई यहाँ ल्याइपुर्याएको हो ।’
जे भने पनि प्रचण्डले माओवाद र जनयुद्धको भारी लामोसम्म बोक्न सकेनन् । र, यथार्थमा उनी विचारविहीन बने। यो सँगै करिब दुई दशक माओवादको नाममा भोट हाल्ने नेपाली मतदाता विचल्लीमा परेका छन् । अर्कातिर नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)लाई सिध्याउने उद्घोष गरेर छुट्टै पार्टी बनाएका माधव नेपालले जनताको बहुदलीय जनवादको ओठे भक्ति गर्दै आएका थिए । उनको नाङ्लो पसल पनि टाट उल्टेको अवस्थामा पुगेको थियो । प्रचण्डसँग मिलेर ‘वृध्दाश्रम’ खोल्ने भएपछि उनको ‘जबज भक्ति’ सकियो ।
मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको वैचारिक छहारीमा विगतका सबै पृष्टभूमिका वाम नेता कार्यकर्ताले यथोचित भूमिका र सम्मान पाउने ठाउँ अब एमालेमात्र हो भन्दा अत्युक्ति हुँदैन । राष्ट्रवादी अडान, कम्युनिष्ट आदर्श र अद्भुत नेतृत्व क्षमता भएका के पी शर्मा ओलीसँग देश निर्माणमा काम गर्न पाउनु आफैंमा एक सौभाग्यको विषय हो

भाद्र २३ गतेको जेन-जी प्रदर्शन र २४ गतेको आततायी विध्वंसबाट सिर्जित नयाँ परिस्थितिले दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेसलाई भन्दा नयाँ भनिएका पार्टी र साना वाम पार्टीलाई अस्तित्वको थप सङ्कटमा पुर्याएको देखिन्छ । नेपाली लोकतन्त्रका प्रमुख हिस्सेदार एमाले र कांग्रेसलाई र खासगरी ती पार्टीका मूल नेतृत्वलाई भौतिक, मानसिक वा साङ्गठानिक रुपमा सिध्याउने टार्गेट गरेर मच्चाइएको विध्वंसले ती मूल पार्टीहरूको औचित्य र आवश्यकतालाई झन उजागर गरेको छ ।
नेपालमा माओवादको पतनसँगै वाम आन्दोलनमा नयाँ प्रकारको ध्रुवीकरण सुरू भएको छ । नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्ति बनाउने हेतुले विधिवत् रुपमा‘घर फर्क राष्ट्रिय अभियान’ सुरू गरेसँगै ध्रुवीकरण तीव्र बनेको हो । अब देशभरका सच्चा कम्युनिष्ट, वाम-क्रान्तिकारी, देशभक्त र जनवादी समूह र व्यक्ति एमालेको लाल झण्डामुनि लामबध्द हुनेछन् ।
राष्ट्रियता, सार्वभौमिकता, अखण्डता जगाउन र ‘सुखी नेपाली, समृध्द नेपाल’को नारालाई कार्यान्वयन गर्न सशक्त एमाले निर्माण गर्न योगदान गर्नेछन् । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको वैचारिक छहारीमा विगतका सबै पृष्टभूमिका वाम नेता कार्यकर्ताले यथोचित भूमिका र सम्मान पाउने ठाउँ अब एमालेमात्र हो भन्दा अत्युक्ति हुँदैन । राष्ट्रवादी अडान, कम्युनिष्ट आदर्श र अद्भुत नेतृत्व क्षमता भएका के पी शर्मा ओलीसँग देश निर्माणमा काम गर्न पाउनु आफैंमा एक सौभाग्यको विषय हो ।
माओवाद र जनयुद्धको ह्याङओभर बोकेका प्रचण्ड, कुण्ठा र असन्तुष्टिको भारी बोकेका माधव, वामदेव र रावल, दक्षिणको विषाक्त हावा बोकेका महिन्द्र यादवको क्षणिक गाला जोडाइले कुनै पार्टी बन्दैन। विजातीय र विचारविहीनहरूको पार्टी बनेको र टिकेको इतिहास छैन ।














प्रतिक्रिया दिनुहोस्