जनता टाइम्स

२९ कार्तिक २०८२, शनिबार ०९:१५

इन्सेकको अध्यक्षमा गौतम, यस्तो बन्यो टीम


काठमाडौं, कात्तिक २९ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अध्यक्षमा बिजयराज गौतम निर्वाचित हुनुभएको छ । शुक्रवार सम्पन्न २९ औं साधारणसभाले आगामी तीन वर्षका लागि गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिका सदस्यहरूमा लता प्याकुरेल, गीता बराल, दुर्गा कार्की, केशव सिग्देल, विकास आचार्य, विद्या चापागाई निर्वाचित हुनुभएको छ । केही दिनपछि हुने नवनिर्वाचित कार्यसमितिको बैठकले पदाधिकारीको टुंगो लगाउने अध्यक्ष गौतमले जानकारी दिनुभएको छ । यसैगरी, साधारणसभाले निम्न विषयमा समसामयिक प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको काम बिवादमा परेको भन्दै निश्पक्ष छानविनको माग गरेको छ । साधरणसभाबाट पारित प्रस्तावमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनापछि सरकारले गठन गरेको छानविन आयोगले गरिरहेको कार्यहरुले यस्को निश्पक्षतामाथि प्रश्न उठेकाले पूर्वाग्रहबिना कार्य सम्पादनका लागि साधारणसभा माग गर्दछ ।’