जनता टाइम्स

२९ कार्तिक २०८२, शनिबार २१:२९

प्रेस युनियन आबद्ध पदाधिकारीले विधान विपरीत सल्लाहकार राख्न खोजेपछि नेपाल पत्रकार महासंघकाे बैठक स्थगित


काठमाडौँ, कात्तिक २९ । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक सल्लाहकार मनोनयनको विषयमा उत्पन्न विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको छ।

महासंघको विधानअनुसार सल्लाहकार मनोनयन गर्ने प्रक्रियामा नेपाल प्रेस युनियनमा आबद्ध महासंघका केही पदाधिकारी तथा सदस्यहरूले असहमति जनाएपछि बैठक बस्दै नबसी स्थगित भएको हो।

महासंघको विधानमा निवर्तमान अध्यक्षलाई सल्लाहकारमा मनोनयन गर्ने व्यवस्था रहेको छ। तर प्रेस युनियन निकट केही पदाधिकारी र सदस्यहरूले उक्त व्यवस्थालाई वेवास्ता गर्दै तत्कालीन कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई पनि सल्लाहकारमा मनोनयन गर्नुपर्ने माग राख्नुभएपछि बैठक अघि बढ्न सकेन।

शनिबार बिहान १० बजेका लागि काठमाडौंको सिद्धार्थ कटेजमा बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेन। युनियन आवद्ध पदाधिकारीहरूले ‘छलफल चलिरहेको’ भन्दै बैठकमा उपस्थित सदस्यहरूलाई दिनभर रोकिराखेका थिए। साँझ अध्यक्ष निर्मला शर्माले अर्को सूचना जारी नभएसम्मका लागि बैठक रोकिएको जानकारी दिनुुभयो।