जनता टाइम्स

९ मंसिर २०८२, मंगलवार ०७:२१

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ


काठमाडौं,  मंसिर ९ ।  जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरासहित तीना जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापा दमक वडा न ६, प्रशान्ती टोल निवासी कांग्रेस नेता विश्वदीपका छोरा २९ वर्षीय विश्व लिङ्देन , दमक वडा नं ९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली वडा नं ४ आइतवारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको दुईवटा हतियार र २० राउण्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् । आइतवार राती लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले दमक ९ स्थायी ठेगाना भई दमक ८ मा डेरा बस्दै आएका सरोजलाई एक थान ठूलो चापे टाइप ५४ चाइनिज पेस्तोल र सोको १५ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर सोधपुछ गर्दा उनले कांग्रेस नेता लिङदेनका छोरालाई अर्को हतियार राख्न दिएको बताएका थिए । त्यसको आधारमा लिङ्देनलाई उनको घरबाटै पक्राउ गरिएको थियो ।

लिङ्देनलाई थप सोधपुछ गर्दा उनले इलाम चुलाचुली ४ बस्ने पवनलाई २० हजार रुपैयाँमा सो हतियार बेचेको बताएका थिए ।त्यसपछि लामो खोजीपछि काँकडभिट्टा शाखा कार्यालय र दमक प्रहरीको संयुक्त टोली इलाम पुगेको थियो। त्यहाँ पवन हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखिएको टाइप–५४ चाइनिज पेस्तोल एक थान, राउण्ड ५ ९पेस्तोलमै लोड गरिएको अवस्थासहित० फेला पारियो। हतियारमा खिया लागेको देखिन्थ्यो। त्यसपछि प्रहरीले पनवलाई पनि पक्राउ गरेको हो ।बरामद हतियारसहित तीनै जनालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको प्रहरी स्रोतले बताएको छ ।पक्राउ परेका मध्ये विश्वका बाबु विश्वदीप लिङ्देन २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए । दुई वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सदस्यमा मनोनयन गरेका थिए।