जनता टाइम्स

१२ मंसिर २०८२, शुक्रबार २२:५९

रौतहट क्षेत्र नं. १ बाट एमाले महाधिवेशनका प्रतिनिधि सर्वसम्मत


रौतहट, मंसिर १२ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि चयनको कार्य सर्वसम्मतरूपमा सम्पन्न भएको छ। सहमतिपूर्वक मनोनयन गरिएको प्रतिनिधि सूचीलाई पार्टीका नेता तथा कार्यकर्ताले एकताकाे संकेतका रूपमा लिएका छन्।

सर्वसम्मत निर्णयअनुसार खुला तर्फ बबन सिंह र सचिदानन्द साह प्रतिनिधि बन्नु भएको छ। युवातर्फ संजीव यादव चयन हुनु भएको छ। महिला सदस्यतर्फ पावन देवी र सरस्वती देवी महाधिवेशन प्रतिनिधि तोकिनु भएको छ।

सर्वसम्मत रूपमा चयन भएका सबै प्रतिनिधिलाई पार्टी नेतृत्वले बधाईसहित आगामी महाधिवेशनमा सफल भूमिकाको शुभकामना व्यक्त गरेको छ।