जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १५:४६

जुम्लामा एक हप्तादेखि बेपत्ता ९ वर्षीय बालक मृत भेटिए


जुम्ला, मंसिर १२

पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उहाँले भन्नुभयो, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।