काठमाडौं, मंसिर १४ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनका लागि वाग्मती प्रदेश सम्पर्क कमिटीबाट सर्वसम्मत प्रतिनिधि चुनिनु भएकाे छ ।
वाग्मती प्रदेश सम्पर्क कमिटीबाट अशोककुमार ठकुरी, सरोजमोहन लामा, ध्रव श्रेष्ठ, विष्णु खनाल खुल्ला तर्फबाट प्रतिनिधि चुनिनु भएकाे छ । त्यस्तै महिला तर्फ सरिता जिरेल र मेनका दुवाडी प्रतिनिधि बन्नु भएकाे छ । युवामा प्रमोद भण्डारी प्रतिनिधि चुनिनु भएकाे छ ।
महाधिवेशनको तयारी तथा संगठन सुदृढीकरणका क्रममा उहाँहरूको भूमिका अझ प्रभावशाली रहने विश्वाससहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।













प्रतिक्रिया दिनुहोस्