जनता टाइम्स

१७ मंसिर २०८२, बुधबार ११:४०

पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा मन्त्री बनेको भन्दै राप्रपा–मधेस प्रदेशकी सांसद कञ्चन बिच्छा पदमुक्त


काठमाडौं, मंसिर १७ । पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा मन्त्री बनेको भन्दै राप्रपा–मधेस प्रदेशकी सांसद कञ्चन बिच्छालाई पार्टीले पदमुक्त गरेको छ। पार्टीले गरेको सिफारिसपछि उहाँलाई सांसद पदबाट समेत हटाइएको र भोलि उक्त सूचना औपचारिक रूपमा टाँस गरिने छ।

बिच्छा कात्तिक २४ गते सरोजकुमार यादव नेतृत्वको सरकारमा वन मन्त्री बन्नुभएकाे थियाे। पार्टीले सरकारबाट फिर्ता हुन आग्रह गरे पनि उहाँले अटेर गर्नुभएकाले स्पष्टीकरण मागिएको थियो। तर स्पष्टीकरणसमेत नफर्काएपछि पार्टीले साधारण सदस्यतासमेत नरहने गरी उहाँलाई प्रदेश सभाबाट फिर्ता बोलाउन सिफारिस गरेको थियो।

यससँगै उहाँको मन्त्री र सांसद दुवै पद खोसिने भएकाे छ ।