काठमाडौं, पुस १७ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया हेलिकोप्टर प्रयोग गरेर वनभोज कार्यक्रममा सिराहा पुगेको विषयलाई लिएर भइरहेको आलोचनाबीच मुख्यमन्त्रीको सचिवालयले हेलिकोप्टरको सम्पूर्ण खर्च मुख्यमन्त्रीले व्यक्तिगत रूपमा व्यहोरेको दाबी गरेको छ।
मुख्यमन्त्री बानियाका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीका अनुसार मुख्यमन्त्री आज जलवायु सम्बन्धी कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोकको गुम्बाडाँडा जान हेलिकोप्टर प्रयोग गर्नुभएको थियो। सोही क्रममा सिराहाबाट नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवको निम्तो आएपछि मुख्यमन्त्री सिराहा जानुभएको हो।
पुडासैनीका अनुसार कार्यक्रम स्थलमा पुगेपछि मात्रै उक्त कार्यक्रम वनभोज रहेको जानकारी भएको थियो। हेलिकोप्टर प्रयोगसँग सम्बन्धित सम्पूर्ण खर्च मुख्यमन्त्रीले व्यक्तिगत रूपमा व्यहोरेको दाबी गर्दै उहाँले सरकारलाई कुनै आर्थिक भार नपरेको स्पष्ट पार्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्