सिन्धुली, पुस २२ । नेकपा एमाले सिन्धुलीले दुई निर्वाचन क्षेत्रका लागि १८ जनाको नाम सिफारिश गरेको छ । क्षेत्रको सिफारिशअनुसार जिल्ला कमिटी बैठकले उम्मेदवारका आकांक्षी सवैको नाम बागमती प्रदेश कमिटीमा पठाउने निर्णय गरेको हो ।
सिन्धुलीका अध्यक्ष महेन्द्र श्रेष्ठले हस्ताक्षर गरी पठाएको नामअनुसार क्षेत्र नम्बर १ मा केदारप्रसाद देवकोटा, गणेश पहाडी, डम्बरबहादुर कार्की, ध्रुव श्रेष्ठ, नारायण अधिकारी दनुवार, निलिमा गुरुङ, प्रदीपकुमार कटुवाल, बशन्त न्यौपाने र सुवास देवकोटाको नाम सिफारिश गरेको छ ।
सो निर्वाचन क्षेत्रबाट आठ जना पुरुष नेता भिडदा महिलामा भने युवा नेतृ निलिमाको मात्रै नाम सिफारिश भएको छ । यस्तै क्षेत्र नम्बर २ मा उमा कोइराला, कौशल कोइराला, धनजंग थापा, नवराज थिङ, निरु दर्लामी, पुष्प श्रेष्ठ, मनोजजंग थापा, रामकृष्ण श्रेष्ठ र शन्तिमान कार्कीको नाम सिफारिश भएको छ ।
जिल्लाले सो नाम बागमती प्रदेश कमिटीमा पठाइसकेको छ । अव प्रदेशले ९ मध्ये एक महिलासहित तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गर्ने छ ।













प्रतिक्रिया दिनुहोस्