जनता टाइम्स

२७ पुष २०८२, आईतवार १२:१८

सुनुवार विद्यार्थी समाजको आठौँ राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा  मुस्कान सुनुवार निर्विरोध निर्वाचित


काठमाडौं, पुस २७ । सुनुवार विद्यार्थी समाज संघीय समितिको आठौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले मुस्कान सुनुवारको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

नव निर्वाचित कार्यसमितिमा विवश सुनुवार वरिष्ठ उपाध्यक्ष, गलिज सुनुवार उपाध्यक्ष तथा मेलिसा सुनुवार महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै, महासचिवमा आशिष सुनुवार, सचिवमा मिरा सुनुवार र महिला सचिवमा स्वीकृति सुनुवार चयन हुनुभएको छ।

कोषाध्यक्षको जिम्मेवारी नवीन सुनुवारले पाउनुभएको छ। सदस्यहरूमा सविना सुनुवार (पाँचथर), सविना सुनुवार (सिन्धुली), मनीषा सुनुवार, मीन कुमार सुनुवार, बृजन सुनुवार, कृतिका सुनुवार, आशा सुनुवार, खुसी सुनुवार र राजेश सुनुवार निर्वाचित हुनुभएको छ।

नव निर्वाचित नेतृत्वले सुनुवार समुदायका विद्यार्थीहरूको हकहित, पहिचान, शिक्षा र संगठन सुदृढीकरणका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।