भक्तपुर, माघ ३। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिताको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश जबेगुका अनुसार शुक्रवार मध्यराती सो घटना भएको हो । धनुषाको मिथिला नगरपालिका-११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए ।
छोराको आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डिएसपी जवेगूले बताउनु भयो । आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएका छन । सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्