भक्तपुर, माघ १० । वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिर क्षेत्रको निर्माणाधीन संरचनाको स्थलगत अनुगमन गर्नु भएको छ।
प्रदेश सरकारमार्फत विनियोजन गरिएको बजेट अन्तर्गत मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि सञ्चालन भइरहेको निर्माण कार्यको मन्त्री थापा मगरले आज निर्माणस्थलमै पुगेर प्रत्यक्ष निरीक्षण गर्नु भएको हो। अनुगमनका क्रममा उहाँले योजनाको प्रगति, गुणस्तर तथा समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिनु भएको छ।

मन्त्री थापा मगरले डोलेश्वर महादेव मन्दिर क्षेत्रका विकास योजनाले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा स्थानीय आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो।
उहाँले प्रदेश सरकार धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरूको संरक्षण र विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनु भयो।














प्रतिक्रिया दिनुहोस्