जनता टाइम्स

२१ माघ २०८२, बुधबार १५:२१

एमाले तेह्रथुमले बनायो झापा-मोरङ-सुनसरीमा रहेका आफ्ना मतदाता भेटन समिति, तोकिए कमाण्डर


तेह्रथुम, माघ २१ । नेकपा एमाले तेह्रथुमले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जीत निकाल्न जिल्ला बाहिर पनि मतदाता भेटघाटको अभियान अघि बढाएको छ ।

उम्मेदवार तथा एमाले सचिव भानुभक्त ढकालकै उपस्थितिमा आज मोरङ र झापाका मतदातासँगको भेटघाटपछि झापा, मोरङ र सुनसरी लगायतका जिल्लामा रहेका आफ्ना जिल्लाका मतदाता भेटघाटका लागि कमाण्डर नै तोकेर समिति बनाएको हो । एमाले सचिव ढकालसहितको टोलीले आज बिर्तामोड, दमक, उर्लाबारीमा रहेका तेह्रथुमका मतदाता भेटघाट गर्नुभएको छ ।

दमकमा भएको भेलाले तेह्रथुम जिल्लामा मतदाता भएका हाल उर्लाबारी ,दमक रहनु हुने मतदाता बिचमा समन्वय गर्न समिति बनाइएको एमाले नेता लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।तिवारीका अनुसार सो छलफलबाट मनोज गौतमको नेतृत्वमा २५ सदस्यीय निर्बाचन सहयोग समिति गठन उर्लाबारी–दमक सहयोग समिति गठन गरिएको छ ।

यसैगरी गणेश ढकालको नेतृत्वमा ३१ सदस्यीय निर्वाचन सहयोग समिति बिराटचोक र योगेन्द्र ढकालको नेतृत्वमा ३५ सदस्यीय निर्वाचन सहयोग समिति निर्बाचन सहयोग इटहरी गठन गरिएको छ । तेह्रथुमका धेरै मतदाता झापा, मोरङ र सुनसरीमा बिभिन्न पेशा ब्यवसाय गरेर बस्ने गरेको कारण सहयोग समिति बनाइएको हो ।