मोरङ, फागुन १ । चुनावको मिति नजिकिँदै जाँदा पूर्व मोरङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन ।
तत्कालिन नेकपा (माओवादी केन्द्र) का उर्लाबारीका प्रभावशाली स्थानीय नेता मिलन दाहाल बिहीवार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको छ।
दाहाललाई एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा मोरङ–१ का उम्मेदवार घनश्याम खतिवडा लगायतका नेताहरूले खादा तथा टीका लगाएर स्वागत गर्नुभएको छ । पार्टी प्रवेशपछि दाहालले देश र जनताको हितका लागि एमालेमार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।
दाहाल गत स्थानीय तह निर्वाचनमा उर्लाबारीमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारमध्ये सर्वाधिक मत ल्याउने उम्मेदवार हुनुहुन्छ । उहाँको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।
एमालेका स्थानीय नेताहरूले दाहालजस्तो जनाधार भएका नेताको आगमनले उर्लाबारी क्षेत्रमा पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्