जनता टाइम्स

४ फाल्गुन २०८२, सोमबार ११:११

काभ्रेको डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी’ ड्रिम प्रोजेक्ट, एमाले प्रवेशको लहरले उत्साहित


काभ्रे, फागुन ४ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं। १ का उम्मेदवार अमित लामा ले डाडापारी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्दै आफ्नो विकास योजना प्रस्तुत गर्नुभएको छ।

लामाले खानीखोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। साथै, उनले डाडापारीलाई नेपालकै नमुना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै परियोजना सफल पार्न जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

लामाका अनुसार परियोजना सुरु भएपछि गाउँमै रोजगारका अवसर सिर्जना हुने र युवा विदेश जान नपर्ने छन्। उनले शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई पनि प्राथमिकतामा राखिने छ ।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्व मन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलिप लामा, राकेश लामा, चन्द्र लामा, र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायतको सहभागिता थियो।

यसैबीच, महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजित कार्यक्रममा घनश्याम आले लगायतले एमाले प्रवेश गरेका छन्। आले पहिले एमाले विभाजनअघि क्षेत्रीय कमिटी उपसचिव र पछि समाजवादी पार्टीमा रहनुभएको थियो। प्रवेश गर्ने अन्य नेता–कार्यकर्ताहरूमा कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइवा, जित बहादुर सिंतानेश, नेत्रबहादुर दर्लानी, सुरेश थिङ रहेका छन्।

महाभारत गाउँपालिका–२ बाट पनि धनकाजी मोक्तान, मान बहादुर घिसिङ, धन बहादुर घिसिङ एमाले प्रवेश गरेका थिए। पार्टी प्रवेशको यो लहरले एमालेलाई उत्साहित बनाएको छ।