जनता टाइम्स

४ फाल्गुन २०८२, सोमबार २१:३२

फेरि पक्राउ परे दुर्गा प्रसाईं


काठमाडौं फागुन ४। मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

प्रसाईलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उहाँलाई परिसर ल्याइएको एसपी भट्टराईले जानकारी दिनुभयो।

यसअघि प्रसाईंलाई माघ २३ गते काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरिएको थियो। माघ २५ गते तारिकमा छुटनु भएका प्रसाईंलाई सोमबार निवासबाटै फेरि समातिएको हो ।

प्रहरीले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको जनाएको छ । तर उहाँलाई रास्वपा नेताहरूको भिडियो सार्वजनिक गर्ने घोषणाका कारण समातिएको स्रोतको दावी छ ।