मन्थली, फागुन १० । चुनावको मुखैमा नेकपाका प्रभावशाली नेता एमालेमै फर्किएका छन । तत्कालीन नेकपा एकीकृत समाजवादी रामेछापका उपसचिव गणेशबाबु खड्का एमालेमा फर्किनुभएको हो ।
एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत खडका फर्कनुभएको हो । यसअघि तीर्थ श्रेष्ठसहितका नेता फर्किनु भइसकेको छ । खड्कालाई एमाले केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव ढुंगेलले स्वागत गररनुभयो ।
सो क्रममा खडकाले आफू नेकपा एमालेका उम्मेद्वार माधव ढुंगेललाई बिजयी बनाउनु पर्छ भन्ने ठहरका साथ घर फर्किएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्